पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान आजबाट सुरु
हेल्थ टिभी अनलाइन : सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि आज देखि देशव्यापी रुपमा खोप अभियान सुरु गर्दैछ ।
आजदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन हुन लागेको हो । यो अभियानले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख बढी किशोरीलाई समेट्ने छ। १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभी भाइरसले गराउने बताइएको छ । यसको २ सय भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन्।
बालिकाहरुलाई उनीहरु यौन जीवनमा प्रवेश गर्नुअघि नै १० देखी १४ बर्ष उमेरको यो खोप दिएमा एचपीभी भाइरसबाट हुने संक्रमण तथा क्यान्सरबाट जोगाउन सकिने हुँदा सरकारले यो अभियान संचालन गर्न लागेको हो । सरकारले भाइरसको संक्रमण लाग्नुभन्दा पहिले नै दिन सकिने यो खोप अनिवार्य आफना छोरीहरुलाई लगाउन आग्रह गरेको छ ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड