आवासीय चिकित्सकको विरोध प्रदर्शन
हेल्थ टिभी अनलाइन : आवासीय चिकित्सकहरुले आजदेखि आन्दोलन थालेका छन्। सरकारी सरह पारिश्रमिक माग गर्दै आन्दोलनरत उनीहरुले शुक्रबार पेन डाउन सहित विरोध प्रदर्शन गरेका हुन् ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको अगुवाइमा बिहान ९ बजेदेखि १० बजेसम्म पेन डाउन गरिएको थियो ।
संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन्। उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन्।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड