एचपीभी खोप अभियानका लागि मनिषा कोइराला सदभावना दूत
हेल्थ टिभी अनलाइन : चर्चित अभिनेत्री मनिषा कोइराला एचपीभी खोप अभियानका लागि सदभावना दूत नियुक्त भएकी छिन्। आगामी माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु हुँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोइरालालाई सो अभियानको सदभावना दूतका रुपमा नियुक्त गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको हो।
सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई सरकारले खोप उपलब्ध गराउने बताए।
कार्यक्रममा अभिनेत्री कोइरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताइन्। उनले यसको महत्त्वबारे स्पष्ट पार्दै अभियानमा आफू सक्रिय रुपमा सहभागी हुने र यसमा सबैको साथको आवश्यक रहेको बताइन ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड