नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी सोसाइटीको अध्यक्षमा प्राडा चौधरी
हेल्थ टिभी अनलाइन : आँखा उपचारमा संलग्न चिक्रित्सकहरुको संस्था नेपाल अप्थाल्मिक सोसाइटीको भगिनी संस्था नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी सोसाइटी एनसीसीआरसी को अध्यक्षमा प्राडा मिनु चौधरी चयन भएकी छन्।
शुक्रवार सम्पन्न भएको संस्थाको तेश्रो वार्षिक साधारण सभाले डा चौधरीलाई अध्यक्ष चयन गरेको होे । संस्थाका निवर्तमान अध्यक्ष प्राडा रिता गुरुङले डा चौधरी लगायतको नयाँ कार्यसमितिलाई स्वागत तथा पदभार हस्तान्तरण गरिन । साधारण सभाबाट सोसाइटीको उपाध्यक्षमा प्राडा लीना बज्राचार्य, महासचिवमा डा संगीता सिटौला, कोषाध्यक्षमा डा पुष्पा गिरी श्रेष्ठ र सदस्यहरुमा क्रमशः डा मनिष पाण्डे, डा मनिता गोदार, डा सागर रुइत, डा रचना सिंह राना, डा इशा विष्ट र डा ज्योती सापकोटा रहेका छन्।
आँखा उपचार अन्तर्गत आँखाको झिल्ली एवं मोतिबिन्दुको उपचारमा संलग्न चिकित्सकले नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी नामक संस्था बनाएर पेशागत हित र सिकाईको आदानप्रदान गर्ने कार्य गरिरहेका छन् ।
नवनिर्वाचित समितिले आफ्नो सल्लाहकारहरुमा प्राडा सन्दुक रुइत, डा रीता गुरुङ र प्राडा सञ्जय कुमार सिंहलाई सल्लाहकारमा चयन गरेको छ । आँखाको झिल्ली र मोतिबिन्दुको उपचारमा संलग्न ४४ जना आँखारोग विशेषज्ञ यस संस्थामा आवद्ध रहेका छन्।
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू