‘नेपालको आँखा स्वास्थ्य सेवा विश्वकै उत्कृष्ट र सस्तो’
हेल्थ टिभी अनलाइन : नेपालको आँखा स्वास्थ्य सेवा विश्वमै उत्कृष्ट र सस्तो भएको विज्ञहरुले बताएका छन्। नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ औं अधिवेशनका क्रममा विज्ञहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै वरिष्ठ आँखा रोग विशेषज्ञ डा देव नारायण शाहले नेपालको आँखा स्वास्थ्य सेवा विश्वमै उत्कृष्ट र सस्तो भएको बताएका हुन्। उनले भने, ‘नेपालको जस्तो उत्कृष्ट र सस्तो आँखा उपचार सेवा विश्वमा कहीं पनि छैन्। जुन सेवा गैरसरकारी संस्था नेपाल नेत्रज्योति संघले दिइरहेको छ । जहाँ विदेशीले पनि उत्तिकै सेवा लिइरहेका छन।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल नेत्रज्योति संघले गरेको कामको खुलेरै प्रशंसा गरे । उनले संघले नेपाल सरकारले गर्न नसकेको काम गरिरहेको भन्दै आँखा उपचारमा भएका अप्ठेरा सहज बनाउन आफू सधैं तयार रहेको समेत जिकीर गरे ।
यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले आँखा उपचारमा लाग्ने उपकरण तथा चस्मामा लाग्दै आएको भ्याट मिनाहा गराउने प्रतिवद्धदा व्यक्त गरे ।
कार्यक्रममा संघका अध्यक्ष डा चेतराज पन्तले आँखा उपचारलाई सहज र सुलभ बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै यो सेवा अझै विस्तार गर्दै लाने बताए । कार्यक्रममा आँखा उपचारमा सेवा पुराएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य