स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन
हेल्थ टिभी अनलाइन : स्वास्थ्य बीमामार्फत स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गर्ने उद्देश्यसाथ गठित सुधार सुझाव कार्यदलले आफनो प्रतिवेदन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई बुझाएको छ ।
शुक्रबार प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यो मन्त्रालयको महत्वपूर्ण सम्पत्ति बनेको र यस प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्नमा आफू प्रतिवद्ध रहेको बताए । उनले यसका लागि प्रतिवेदनले दिएका सुझाव कार्यान्यनका क्रममा कानुनी र नीतिगत सुधार गर्नुपरेमा त्यो पनि गर्दै अगाडि बढ्ने जानकारी दिए।
उनले प्रतिवेदनको सुझावलाई प्राथमिकताका आधारमा कार्ययोजना अनुसार कार्यान्वयनमा लैजाने पनि जानकारी दिए। सुझाव कार्यदलले बीमा कार्यक्रमको विकास र विस्तारका लागि विभिन्न १३ वटा विषयमा केन्द्रित रहेर कार्ययोजनासहितका सुझावहरु दिएको छ। स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर शम्भुप्रसाद आचार्यको नेतृत्वमा गत असोजमा सुझाव समिति गठन भएको थियो।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड