जेनेरिकमा औषधी सिफारिस गर्न सुझाव समिति
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधीसँग जोडिएको सुझाव समिति गठन गरेका छन् । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्व मन्त्री पौडेलले जेनेरिक औषधी सिफारिस सुझाव समिति गठन गरेका हुन् ।
पाँच सदस्यीय उक्त समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्राडा बलराम मल्ल सदस्य रहेका छन् । यस्तै नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनबाट एक एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । सो समितिको सदस्य सचिवमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई तोकिएको छ ।
समितिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधीको सिफारिस गर्नु पर्दा अनिवार्य रुपमा जेनेरिक नाम लेख्नका लागि सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न कार्यादेश दिइएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड