महिला स्वास्थ्यको आयोजनामा इन्टर हस्पिटल फुटसल हुँदै
हेल्थ टिभी अनलाइन : महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल शुक्रबारबाट हुने भएको छ । ‘खेल खेलौं, स्वस्थ बनौं’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रतियोगिता काठमाडौंको धन्वन्तरी फुटसलमा दुई दिन सम्म चल्नेछ ।
प्रतियोगितामा उपत्यकाका २४ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहने बताइएको छ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिने छ।
प्रतियोगिताको विजेताले उपाधि सहित नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा यतिकेम ग्रुप छ भने प्रायोजक नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगम रहेको छ ।
हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल ,बैकिङ पार्टनरमा एनएमबी बैंक तथा मेडिकल पार्टनरमा एभरेष्ट हस्पिटल रहेको छ । यसैगरी कार्यक्रमलाई नेपाल टेलिकम, लेजर थेरापी क्लिनिक,वात्सल्य आईभीएफ, मेटेरनिटी पसलले सहयोग गरेका छन् ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड