आईओएमको डीनमा प्राडा मोहनराज शर्मा नियुक्त
हेल्थ टिभी अनलाइन : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्राडा मोहनराज शर्मा नियुक्त भएका छन् । शनिबार बसेको त्रिवि कार्यकारीको बैठकले प्राडा शर्मालाई चार वर्षका लागि आईओएमको डीन नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि आईओएमको डीनका लागि नाम सिफारिस गर्न गठित समितिले प्राडा शर्मा सहित तीन जनाको नाम सिफारिस गरेको थियो । गत १४ असोजमा कार्यकारी समक्ष सिफारिस गरिएका नामहरुमा प्राडा शर्मासहित प्राडा दिब्या सिंह शाह र प्राडा सुधा बस्नेत थिए । सिफारिस भएका तीन जना मध्येबाट शर्मालाई डीनमा नियुक्त गरिएको हो ।
यसअघिकी डीन डा दिव्या सिंह शाहको ४ वर्षे कार्यकाल ६ महिनाअघि नै सकिएको भए पनि नयाँ डीन नियुक्तीमा ढिलाई भएपछि उनलाई निमित्तको जिम्मेवारी दिइएको थियो ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड