Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अंग प्रत्यारोपण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु (फोटोफिचर)

अंग प्रत्यारोपण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु (फोटोफिचर)

हेल्थ टिभी अनलाइन : अंग प्रत्यारोपण सम्बन्धी ‘द हिमालयन इन्टरनेशनल ट्रान्सप्लान्ट कन्फ्रेन्स’ काठमाडौंमा सुरु भएको छ । अंग प्रत्यारोपणमा भएका नयाँ नयाँ प्रविधि तथा विकासका बारेमा सूचना, विचार, ज्ञान सिप आदानप्रदान गर्नका लागि द ट्रान्सप्लान्ट कम्युनिटी अफ नेपाल ले आयोजना गरेको कार्यक्रममा अमेरिका, बेलायत, जापान, नेदरल्यान्ड, भारत लगायतका विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनको नारा ‘विकासोन्मुख राष्ट्रहरुमा अंगदानलाई प्रवर्धन गर्नु’ रहेको छ ।

सम्मेलन आयोजक समितिका अध्यक्ष तथा वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा पुकार चन्द्र श्रेष्ठले प्रत्यारोपण क्षेत्रमा भएका नयाँ नयाँ गतिविधिकाबारेमा ज्ञान आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको बताए ।

दुई दिने सम्मेलनमा प्रत्यारोपणसँग जोडिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरु गरी ३०० बढीको सहभागिता रहनेछ । सम्मेलन भोलिसम्म जारी रहनेछ । अंग प्रत्यारोपण सम्बन्धी विभिन्न पक्षमा साइन्टिफिक सेसनहरु शनिबार बिहान ९ बजेदेखि सुरु भए पनि औपचारिक उद्घाटन भने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले साँझ पाँच बजे गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार