स्वास्थ्य मन्त्री पौडेलले भने, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच बढाउन बीमाको दायरा बढाउनुपर्छ
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच बढाउनका लागि स्वास्थ्य बीमाको दायरा बढाउनुपर्ने बताएका छन्।
बिहिबार स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। यसपटकको दिवसको नारा नागरिकको स्वास्थ्यः राज्यको दायित्व भन्ने रहेको छ । सो कार्यक्रममा मन्त्री पौडेलले अझै पनि धेरैको स्वास्थ्य सेवामा सहज र सर्वव्यापी पहुँच हुन नसकेको भन्दै सबै मिलेर स्वास्थ्य सेवाको विकासमा योगदान गर्नुपर्ने बताए । उनले गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार भएको समेत जिकीर गरे ।
मन्त्री पौडेलले अबको स्वास्थ्य सेवा बीमामा आधारित हुनपर्नेमा जोड दिए ।
यसैगरी सो कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले सन् २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्यमा सबैको सर्वव्यापी पहुँच हुन आवश्यक रहेको जिकीर गरे ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य