स्वास्थ्य मन्त्रालयद्धारा गुनासो सुनुवाई समिति गठन
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा गुनासो सुनुवाई समिति गठन गरेको छ । मन्त्रालयले डाअनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरेको हो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार गरेको निर्णय अनुसार यो समिति बनाइएको हो ।
मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेश राज सुवेदी र शाखा अधिकृत गौरी प्रसाद आचार्य समितिका सदस्य रहेका छन् भने मन्त्रालयका सूचना अधिकारी समितिको सदस्य सचिवका रूपमा रहेका छन्।
सुशासन व्यवस्थापन र सञ्चालन ऐन, २०६४ को दफा ३१ र सोही ऐनको नियमावली, २०६५ को नियम २० बमोजिम गठित समितिको मुख्य उद्देश्य मन्त्रालय र मातहतका निकायहरूको सेवाप्रवाहसँग सम्बन्धित गुनासोहरूको सुनुवाइ गर्नु र समाधान गर्नु रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण