सीमित स्रोतसाधनबाट नै अधिकतम लाभ लिने प्रयास गरौं : स्वास्थ्यमन्त्री पौडेल
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यको सीमित स्रोतसाधनबाट नै अधिकतम लाभ लिने प्रयास गर्नुपर्ने बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भइरहेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा उनले यस्तोबताएका हुन्। मन्त्री पौडेलले भने, ‘थोरै स्रोतकै कारण चाहेका कति कार्यक्रम लागू गर्न सकिएको छैन, राज्यले छुट्याएको बजेटभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ भन्ने प्रयास गर्नुपर्छ। उनले भएकै बजेट पनि उचित कार्ययोजना नभएका कारण खर्च हुन नसकेको समेत जिकीर गरे ।
प्रत्येक वर्ष गत आर्थिक वर्षको समीक्षा, प्रगति तथा भावी योजना बनाउनका लागि स्वास्थ्य मन्त्रालयले वार्षिक समीक्षा बैठक गर्दै आएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड