नेपाल हेल्थ कन्क्लेभको आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पुसको ११ र १२ गते काठमाडौंमा नेपाल हेल्थ कन्क्लेभको आयोजना गर्न लागेको छ । बुधबार कन्क्लेभकाबारेमा जानकारी दिन आयोजित कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव डा टंक बराकोटीले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञलाई एक ठाउँमा ल्याई स्वास्थ्य सम्बन्धी प्रमुख समस्याकाबारेमा छलफल गर्दै नेपालमा स्वास्थ्य क्षेत्र सुधारमा के गर्न सकिन्छ भन्ने आवश्यक सुझाव र अनुभव लिन कन्क्लेभ गर्न लागिएको बताए ।
उनले मन्त्रालयले गर्ने यो कन्क्लेभले बाहिर रहेका नेपाली स्वास्थ्य क्षेत्रका विज्ञहरु, अनुसन्धानकर्ताहरु र यहीं कार्यरत विज्ञहबीच ज्ञान आदानप्रदान हुने र यसले रणनितीक योजनाहरु बनाउन सहयोग पुराउनेमा आफूले विश्वास लिएको बताए ।
नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरुको संयोजन भन्ने नारासहित कन्क्लेभको आयोजन गर्न लागिएको हो । जसमा विश्वका विभिन्न शहरहरुमा छरिएर रहेका नेपाली स्वास्थ्यका क्षेत्रका विज्ञहरुसँग नेपाली स्वास्थ्य क्षेत्रलाई कसरी सुधार गर्ने भन्ने विषयमा छलफल हुने डा बाराकोटीले जानकारी दिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य