Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धान आचारसंहिता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।

अनुसन्धान परिषद्को मुख्य आयोजनामा ‘फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन’ (फरक्याप)  को २४औं शिखर सम्मेलन सुरु भएको हो । नेपालमा पहिलोपटक भएको सो सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका छन् । मन्त्री पौडेलले सम्मेलनमा सम्बोधन गर्दै स्वास्थ्य अनुसन्धानका क्षेत्रबाट नै स्वास्थ्यका नीतिहरु बन्ने हुँदा देशको आवश्यकता अनुसार अनुसन्धान गर्न अनुसन्धाकर्ताहरुलाई आग्रह गरे ।

सम्मेलनको नारा ‘उत्तरदायी अनुसन्धान : अधिकतम लाभ’ भन्ने रहेको छ । सम्मेलनमा २५० जना विदेशी विज्ञहरुसहित ६ सय जना सहभागि हुने परिषद्ले जनाएको छ । यसैगरी २ सय जनाभन्दा बढी भर्चुअल रुपमा जोडिनेछन् । सम्मेलनमा राष्ट्रिय, अन्तराष्ट्रिय विज्ञका मौखिक र पोस्टर प्रस्तुती गरी ९० वटा प्रस्तुती छनोट भएको छ । तीन दिने सम्मेलनमा आइतबार प्रि कन्फ्रेन्स भएको थियो भने सोमबार र मंगलबार विभिन्न विषयहरुमा छलफल हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार