भक्तपुर क्यान्सर अस्पतालले सुरु गर्यो १४ वर्ष मुनिका बालबालिकाको नि: शुल्क क्यान्सर उपचार
हेल्थ टिभी अनलाइन : भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुर गरेको छ। अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको हो ।
सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो। सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकालाई भेटी निशुल्क उपचार कार्ड प्रदान गरेका छन्।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड