एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको पहिलो दिन : वाकाथन कार्यक्रम
हेल्थ टिभी अनलाइन : एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको पहिलो दिन आज एन्टीमाइक्रोबियल रेसिस्टेन्स प्रतिजैविक प्रतिरोध सम्बन्धी सचेतना जगाउन वाकाथन कार्यक्रम गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न सरोकारवाला संघ संस्थाहरुसँगको सहकार्यमा उक्त वाकाथन कार्यक्रमको आयोजना गरेको हो । हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउने गरिन्छ । पशु सेवा विभाग हरिहरभवनबाट सुरु भएको वाकाथन पुल्चोक, कुपन्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै स्वास्थ्य सेवा विभागको प्रांगणमा आएर टुंगिएको थियो । उक्त कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटा, पशु सेवा विभागका महानिर्देशक डा उमेस दाहाल, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंह लगायतका उच्च अधिकारी, विज्ञ तथा अभियन्ता सहभागी भएका थिए ।
कार्यक्रममा महानिर्देशक डा देवकोटाले एन्टीमाइक्रोबियल रेसिस्टेन्स अहिलेको प्रमुख जनस्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै यसलाई कम गर्न सबै सरोकारवाला निकाय तथा सर्वसाधारण चनाखो हुनुपर्नेमा जोड दिए । उनले सचेतनामा पनि जोड दिनपर्ने बताए ।
यसैगरी मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहले एन्टीबायोटिकको जथाभावी प्रयोगले निम्त्याएको समस्या समाजमा विकराल भएको बताए । उनले सबै क्षेत्र मिलेर काम गर्न पर्नेमा जोड दिए ।
यस वर्षको नारा’ प्रतिजैविक प्रतिरोध बुझौं, बुझाऔं, आजैबाट रोकथाममा जुटौं’ भन्ने रहेको छ ।








नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड