स्वास्थ्यका केही कर्मचारीको जिम्मेवारी हेरफेर
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फेरि एकपटक कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।
स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशकबाट केही समयअघि मात्रै टेकु अस्पतालमा सरुवा भएका डा अनुप बास्तोलालाई मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ। त्यहाँ कार्यरत डा विप्लव सापकोटाको स्थानमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको छ। यसैगरी स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा भक्त केसी मन्त्रालयको समन्वय महाशाखामा सरुवा भएका छन्। डा केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई सरुवा गरिएको छ।
उता आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत नेतृत्व सम्हालिरहेका सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसीलाई वैद्यखानामै केन्द्रीत गर्ने निर्णय गरिएको छ। विभागमा भने कसैलाई पनि पठाइएको छैन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण