स्वास्थ्य बीमालाई अझ व्यवस्थित गर्दै लान जरुरी छ : मन्त्री पौडेल
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गर्दै लाने बताएका छन्।
पोखरा महानगरपालिमा रहेको पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गर्दै उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन यसलाई व्यवस्थित गर्दै लाने आफनो योजना रहेको बताएका हुन्। मन्त्री पौडेलले स्वास्थ्य बीमाको रकम ५ लाख पुराउने लक्ष्य अनुरुप काम भइरहेको र सो प्रस्तावमा धेरैतिरबाट सकारात्मक प्रतिक्रिया आएको समेत जिकीर गरे । उनले स्रोत सुनिश्चित गर्दै आम्दानीका आधारमा अब बीमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनपर्ने बताए । उनले स्वास्थ्यको बजेट ४ प्रतिशतको हाराहारीमा रहेको र यो अत्यन्त कम भएको भन्दै स्वास्थ्यमा कम्तीमा पनि १० प्रतिशत बजेट चाहिने बताए ।
पोखरा वृद्धाश्रमद्धारा सञ्चालित जेरियाट्रिक स्वास्थ्य कक्षको उदघाटन गर्न पुगेका मन्त्री पौडेलले सो जेरियाट्रिक स्वास्थ्य कक्षका लागि चाहिने आवश्यक स्वास्थ्य उपकरण तथा औषधिको लागि सहयोग गर्ने जनाए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य