यस्ता छन् डेंगु नियन्त्रणका तीन उपाय
हेल्थ टिभी अनलाइन : गर्मी महिना जेठ असारदेखि नै देखिन थालेको डेंगु अहिले पनि धेरै जिल्लाहरुमा देखिरहेको छ । यसले पानीमा फूल पार्ने भएकाले स साना पानी जम्ने ठाउँबाट लामखुट्टेको संख्यामा अत्यधिक वृद्धि भई डेंगुका बिरामी बढ्न थाल्छन् ।
त्यसैले यसबाट बच्ने पहिलो उपाय भनेको आफनो वरिपरी पानी जम्न नदिने हो । ताकी पानीमा आएर लामखुट्टले अण्डा पार्न नसकोस् । अर्को कुरा घरबाहिर मात्र नभएर घरभित्र रहेका गमलाको पानी, स साना भाँडामा राखिएका पानीमा समेत अण्डा पार्ने भएकाले त्यसलाई पनि याद गर्नुपर्ने हुन्छ ।
दोस्रो उपाय भनेको यसको टोकाईबाट जोगिन पूरा बाहुला भएको कपडा लगाउने, झ्याल ढोकामा जाली हाल्ने तथा साँझपख सकेसम्म बाहिर ननिस्कने गर्नुपर्छ । यसैगरी तेस्रो नम्बरमा यदि केही गरी ज्वरो आउने, टाउको दुख्ने भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण