बालबालिकाको जन्मने बित्तिकै गरिने परीक्षण ‘बर्न स्क्रिनिङ’ अनिवार्य गरिने
हेल्थ टिभी अनलाइन : सरकारले बालबालिका जन्मने बित्तिकै गरिने परीक्षण बर्न स्क्रिनिङ अनिवार्य गर्ने निर्णय गरेको छ ।
नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासहित ४ प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनाएका छन्।
उनले भने, ‘अब प्रसुती र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै थाइराइड, सुन्ने क्षमता,जण्डिस र आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण अनिवार्य गरिएको छ । यस निर्णयले बालबालिकालाई अपांगतासहितका प्रमुख गम्भीर स्वास्थ्य समस्याबाट बचाउन सकिने हाम्रो विश्वास छ ।’









औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम