स्तन क्यान्सरबारे सचेतना जगाउन ‘पिंक क्यान्डल लाइट इभेन्ट’
हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले स्तन क्यान्सरबारे सचेतना जगाउन पिंक क्यान्डल लाइट इभेन्ट गरेको छ ।
अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा लिइने भएकाले यो महिनाभर अस्पतालले विभिन्न कार्यक्रम गरेको थियो । गत मंगलबार अस्पतालले हार्ड रक क्याफेसँको सहकार्यमा पिंक दीप प्रज्वलन कार्यक्रम गरेको थियाे । उक्त कार्यक्रममा उपचारका लागि सहयोगी हातहरु र नेपाल क्यान्सर सपोर्ट ग्रुपको पनि सहकार्य रहेको थियो । आशाको लागि ज्योति भन्ने नारासहित सबै जनाले पिंक कलरको ड्रेस लगाएर पिंक नै दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरे, अन्य चिकित्सक, कर्मचारी तथा क्यान्सर सर्भाइभर्सको उपस्थिती रहेको थियो ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण