१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार नि:शुल्क
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार नि:शुल्क गर्ने निर्णय गरेका छन्।
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले १४ वर्ष मुनिका बालबालिकाको ३ सरकारी अस्पतालबाट निशुल्क उपचार हुने बताएका हुन्। यो निर्णयसँगै यही मंसीर १ गतेबाट सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमार्फत बालबालिकाले क्यान्सर उपचार सेवा नि:शुल्क पाउनेछन्।
मन्त्री पौडेलले भने, ‘परिवारको आर्थिक कठिनाइका कारण कोही पनि बालबालिकाले उपचारबाट बञ्चित हुन नपरोस् भनेर हामीले १४ वर्षमुनिका बालबालिकाका लागि क्यान्सर उपचार निःशुल्क गराउने निर्णय गरेका छौं ।’
मन्त्री पौडेलले मन्त्रालय सम्हाले लगत्तै राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीती स्विकृत गर्ने पहिलो निर्णय गरेका थिए । सोही अनुरुप यो क्यान्सरको उपचार नि:शुल्क गर्न लागिएको पनि मन्त्री पौडेलले जनाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण