रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले २२ वटा संघीय अस्पतालमा रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने निर्णय गरेका छन् ।
मन्त्री पौडेलले नागरिकको स्वास्थ्योपचारमा धेरै प्रयोगमा आउने र अधिक खर्च हुने रेडियोलोजी एक्सरे, एमआरआइ, सिटिस्क्यानमा प्रयोग हुने फिल्मको प्रयोग हटाएर २२ वटा संघीय अस्पतालमा डिजिटल रिपोर्ट उपलब्ध गराउने निर्णय गरेको जनाएका छन् ।
उनले यस निर्णयले फिल्ममा हुने खर्च घट्न गइ ती अस्पतालको मात्र करिब वार्षिक ५० करोड रकम विदेशिनबाट जोगिने अपेक्षा गरेको पनि जिकीर गरे । उनले भने, खरिदमा हुने खर्च घटे पछि सोहीअनुरुप नागरिकको रेडियोलोजी सेवाको शुल्कसमेत घटाउन हामीले मातहतका अस्पतालमा व्यवस्था गरेका छौं । निजी क्षेत्रबाटसमेत साथ मिलेमा र प्रदेश र स्थानीय तहमा समेत यो लागू गर्न सकिएमा निकै ठूलो रकम जोगिने हाम्रो अपेक्षा छ ।
एक पटक प्रयोगमा आए पछि वातावरणमा समेत असर पार्ने फिल्मको प्रयोगलाई क्रमैसँग निजी र अन्य तहगत अस्पतालमा समेत हटाउने हाम्रो लक्ष्य छ , उनले भने । यसका लागि सघाउन हामी निजी अस्पतालसहित सम्बद्ध सरोकारवालाको सहयोग अपेक्षा गर्दछौं ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण