उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन : उपराष्ट्रपति राम सहाय यादव बिरामी भएपछि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
हर्नियाको शल्यक्रिया गर्नका लागि उपराष्ट्रपति यादव अस्पताल भर्ना भएको उनका निजी चिकित्सक डा शिवजी सिलवालले जानकारी दिए । उपराष्ट्रपति यादवले सरकारी अस्पतालमा आफनो शल्यक्रिया गर्ने आशय देखाएपछि मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको पनि उनले जानकारी दिए ।
उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियाको समस्याबाट पीडित थिए ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड