अबदेखि जलन पीडितको उपचार नि:शुल्क हुने
हेल्थ टिभी अनलाइन : आर्थिक अभावमा जलनबाट पीडित कसैले पनि उपचारबाट बन्चित हुन नपर्ने गरि अस्पतालमा सरकारले नि:शुल्क उपचारको व्यवस्था गर्ने भएको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलन पीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेसँगै यस्तो व्यवस्था लागू हुने भएको हो । स्वास्थ्य मन्त्री पौडेलले आर्थिक अभावका कारण कसैले पनि जलनका उपचार नपाएर ज्यान गुमाउन नपरोस भनेर यो सेवा निशुल्क गर्ने निर्णय गरिएको बताए । उनले भने, ‘अब कसैले पनि आर्थिक अभावका कारण जलनको उपचारबाट वञ्चित हुनु पर्ने छैन ।’
योसँगै अब कीर्तिपुर अस्पताल र वीर अस्पतालको जलन वार्डसँगै कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा समेत जलनमा परेका व्यक्तिको निःशुल्क उपचार हुनेछ । यसैगरी, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा लुम्बिनीमा भेरी अस्पताल, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पतालमा जलन पीडितको उपचार निःशुल्क हुनेछ । सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमासमेत जलनपीडितको निःशुल्क उपचार हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण