सार्वजनिक यातायातमा यात्रा गर्दा महिला स्वास्थ्य स्वयंसेविकालाई शुल्क नलाग्ने
हेल्थ टिभी अनलाइन : महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अबदेखि आफ्नो कामका शिलशिलामा सार्वजनिक यातायातमा यात्रा गर्दा शुल्क नलाग्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर र स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
कात्तिक १५ गतेदेखि यस्तो व्यवस्था लागु गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले सहमति जनाएका हुन्। न्यून सेवा सुविधामा रातदिन नभनी काम गरिरहेका स्वास्थ्य स्वंयसेविकालाई केही भए पनि सहज होस भनेर आफूले यातायात व्यवसायी महासंघलाई शुल्क मिनाहाको आग्रह गरेको भन्दै यो कदमका लागि मन्त्री पौडेलले यातायात व्यवसायी महासंघलाई धन्यवाद समेत दिए । उनले भने, ‘यस व्यवस्थाले देशैभरका ५२ हजार भन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई थोरै भए पनि लाभ हुने विश्वास लिएका छौं।’
उता महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले निकै महत्त्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गरिन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’