बाढी, पहिरोका पीडितलाई नि: शुल्क स्वास्थ्य बीमा
हेल्थ टिभी अनलाइन : राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोकाका कारण घाइते भएका र मृत्यु भएका व्यक्तिहरूका परिवारका एकजना सदस्यलाई नि: शुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको छ।
विपद् व्यवस्थापनको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पेश गेरको उक्त प्रस्तावलाई समितिको बैठकले स्वीकृत गरेको हो।
प्रस्ताव स्वीकृत भएसँगै विपदमा परेका परिवारका सदस्यले एक वर्षको नि शुल्क बीमाको सेवा सुविधा प्राप्त गर्नेछन् । बिहीबार बसेको समितिको सो बैठकले यस वर्षको जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा विपदका कारण मृत्यु भएका व्यक्तिहरूका परिवारका एक सदस्यलाई बीमा गर्ने निर्णय गरेको हो ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड