नेपाल क्यान्सर अस्पतालमा अक्टोबर महिनाभर म्यामोग्राममा ५० प्रतिशत छुट
हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा स्तन क्यान्सर सचेतना महिनाको अवसर पारेर स्तन क्यान्सर स्क्रिनिङमा भारी छुट प्रदान गरेको छ ।
यो महिनाभर अस्पतालमा म्यामोग्राम गर्दा ५० प्रतिशत, ओपीडी तथा डाक्टर कन्सलटेसनमा ५० प्रतिशत तथा स्तन अल्ट्रासाउन्डमा १५ प्रतिशत छुट दिने जनाइएको छ । अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर सचेतना महिनाका रुपमा लिने गरिन्छ । सुरुमै पत्ता लागेर उपचार गरेमा स्तन क्यान्सर निको हुन्छ ।
त्यसैले ३० वर्ष पुगेकाले कम्तीमा वर्षमा एकपटक स्तन क्यान्सर स्क्रिनिङ गर्न अस्पतालले आग्रह गरेको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड