कसरी बच्ने झाडापखालाबाट ?
हेल्थ टिभी अनलाइन : खासगरी झाडापखाला दूषित पानी तथा सडेगलेका तथा बासी खानेकुराकाका कारण लाग्ने गर्छ ।
यसैगरी झिंगा भन्केका खाना, काँचो तरकारी तथा फलफूल राम्ररी नपखालेर खाँदा पनि झाडापखाला लाग्न सक्छ । यतिबेला देशभर गएको बाढी, पहिरोका कारण खाने पानीको मुहान फोहोर भएको छ । जसले गर्दा यतिबेला अझ बढी सतर्क हुन जरुरी छ । पानी दूषित भएकाले अनिवार्य यसलाई उमालेर वा क्लोरिन झोल हालेर मात्र पिउनुपर्छ ।
गर्मी महिना भएकाले खाना छिटो बिग्रने हुन्छ । तयसैले बासी खाना नखाएकै राम्रो । खाना बनाउनुअघि तथा खानु अघि र दिसापिसा गरेपछि अनिवार्य साबुन पानीले हात धुन जरुरी छ । आफनो पिउने पानी, खाने खानेकुरा तथा वरपरको सरसफाईमा ध्यान मात्र दिनसकेमा धेरै हदसम्म झाडापखाला लाग्नबाट जोगिन सकिन्छ ।
यदि लागिहालेमा झोलिलो खानेकुरा प्रसस्त मात्रामा खाने, पानी उमालेर सेलाएर मात्र पिउने, ताजा खाना खाने तथा आराम गर्नुपर्छ । यदि यसो गर्दा पनि कम नभएमा स्वास्थ्य संस्थामा जान सकिन्छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड