नागरिक अस्पतालको सेयर किनेको ह्याम्स अस्पतालले नयाँ भवनबाट सुरु गर्यो ओपीडी सेवा
हेल्थ टिभी अनलाइन : एक महिनाअघि भक्तपुरस्थित नागरिक अस्पतालको ४३ प्रतिशत सेयर किनेको ह्याम्स अस्पतालले आजदेखि त्यहाँ ओपीडी सेवा सुरु गरेको छ ।
ह्याम्स अस्पतालका अध्यक्ष तथा नागरिक अस्पतालका नवनियुक्त अध्यक्ष आरएस भण्डारीले नयाँ सुविधासम्पन्न ओपीडी भवनको उद्घाटन गर्दै ओपीडी सेवा सुरु गरेका हुन् । उनले आज दशैंको पहिलो दिन घटस्थापना शुभ दिन पारेर ओपीडी सेवा सुरु गरेको जनाए ।
एक सय शय्याको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत शेयर स्वामित्व ह्याम्स हस्पिटलले लिएको हो । नागरिक अस्पतालको व्यवस्थापन स्वामित्व लिएको ह्याम्सले भक्तपुरमा कर्पोरेट अस्पतालका रुपमा यसलाई विकास गर्न विशेषज्ञ सेवासहितको सेवा विस्तार गरिरहेको जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण