नेपाल चिकित्सक संघको चौंथो नेशनल हेल्थ समिट मंसिर २८ र २९ मा हुने
हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघ एनएमए को चौथो नेशनल हेल्थ समिट आगामी २८ र २९ मंसिरमा हुने भएको छ ।
एनएमएले बुधबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव डा सन्जिब तिवारीले ‘हेल्थ वियोन्ड हेन्थ’ भन्ने मुख्य सन्देश सहित काठमाडौंको बबरमहलमा रहेको कार्की व्यांकेटमा दुई दिने सम्मेलन हुने जानकारी दिए।
नेपाल चिकित्सक संघले प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा आयोजना गर्दै आएको एनएमए नेसनल हेल्थ समिटलाई यस वर्ष पनि निरन्तरता दिने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय बमोजिम यस वर्षको चौथो सम्मेलनगर्न लागिएको जनाइएको छ । डा तिवारीका अनुसार सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत विविन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुनका लागि एकीकृत रणनीति बनाउने गरी तय गर्ने योजना बनाइएको छ।
उक्त कार्यक्रम विषय विज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्ष मार्फत सैद्धान्तिक बहससहित आयोजना हुन गईरहेको उनले जानकारी दिए।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण