बाढी, पहिरोपछि पानीजन्य रोग बढ्न सक्छ, सचेतना अपनाऔं : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन : यतिबेला बिहिबारदेखि शनिबारसम्म अविरल रुपमा परेको पानीसँगै आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुराएको छ ।
काठमाडौं उपत्यका लगायतका धेरै स्थानमा बाढी, पहिरोका कारण बाटोहरु अवरुद्ध छन् भने खानेपानीका पाइप तथा पानीका मुहानहरु थुनिएका छन् । जसले गर्दा यो बेला पानीको मुहान फोहोर मात्र भएको छैन् दूषित पनि भएको छ । त्यसैले यस्तो विपदका बेला थप पानीजन्य रोग फैलिनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोसँगै आउनसक्ने पानीजन्य रोग जस्तै झाडापखाला, हैजा, टाइफाइडबाट बच्न पानी अनिवार्य उमालेर तथा निर्मलीकरण गरेर मात्र पिउन सबैलाई आग्रह गरेको छ । साथै सडेगलेका बासी खानेकुरा नखान तथा सरसफाइमा ध्यान दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?