प्रोस्टेट सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन : काठमाडौंमा प्रोस्टेस्ट सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । प्रोस्टेट फाउन्डेसन नेपाल र नेपाल चेम्बर्स अफ कमर्सको संयुक्त आयोजनामा जमलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, अन्य पदाधिकारी तथा कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । फाउन्डेसनका सदस्य सचिव तथा वरिष्ठ मुत्ररोग विशेषज्ञ डा दिपक रौनियारले प्रोस्टेट ग्लान्डकाबारेमा आफनो प्रस्तुती दिंएका थिए । डा रौनियारले प्रोस्टेटको समस्या आउनै नदिन के गर्ने तथा समस्या आइहालेमा केके गर्न सकिन्छ भन्ने विषयमा उपस्थित सबैलाई परामर्श समेत दिएका थिए ।
डा रौनियारले प्रोस्टेटको समस्या बेलैमा उपचार गरेमा निको हुने भएकाले यसलाई हेलचेक्राई गर्न नहुने समेत जिकीर गरे । उनले बेलैमा उपचार गरेमा निको हुने रोगबारे आफू सचेत हुनपर्नेमा जोड दिए । यसका साथै नेपाल चेम्बर अफ कमर्स र डा रौनियार कार्यरत मध्य बानेश्वरमा रहेको लाइफ लाइन इन्टरनेशनल क्लिनिकबीच उपचारमा छुट दिने विषयमा सम्झौता पनि भएको छ । उक्त सम्झौतासँगै अबदेखि लाइफ लाइन इन्टरनेशनल क्लिनिकमा चेम्बर अफ कमर्सका पदाधिकारी तथा कर्मचारीलाई उपचारमा विशेष छुट हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण