पहिरोका कारण बाटो नखुल्दा एम्बुलेन्समै गुमाए दुई बिरामीले ज्यान
हेल्थ टिभी अनलाइन : पहिरोमा परी एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ।
यसरी मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका ८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जनाएका छन्।
उनका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्समा अड्किएका थिए। बिरामीलाई उपचारका लागि एम्बुलेन्समा राखेर काठमाडौं ल्याइँदै थियो । तर उनीहरु पहिरोका कारण काठमाडौं समयमै आउन नसक्दा बाटोमै मृत्यु भएको हो ।
बिहिबारदेखि अविरल परेको पानीका कारण काठमाडौं लगायत धेरै स्थानमा धनजनको ठूलो क्षति भएको छ भने बाटो पूर्ण रुपमा अवरुद्ध भएका छन्। जसले गर्दा ठूलो संख्यामा यात्रुहरु बाटोमै अलपत्र परेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य