डा भगवान कोइरालाको बाल अस्पताललाई डा शशी भुषणको ९ करोड सहयोग
हेल्थ टिभी अनलाइन : प्राडा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को भवन निर्माणका लागि डा शशी भुषण उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका छन् । काठमाडौंको बुढानिलकण्ठमा बन्न लागेको विशिष्टीकृत बाल अस्पतालको भवन निर्माणका लागि डा उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका हुन्।
भवन निर्माणका लागि सहयोग गर्ने सम्वन्धमा सोमबार किओचका अध्यक्ष प्राडा भगवान कोइराला र डा उपाध्यायबीच सम्झौता भएको हो । सोही अवसरमा डा उपाध्यायले सहयोग रकमको पहिलो किस्ता बापत दुई करोड ७० लाख रुपैयाँको चेक सोमबार नै इन्स्टिच्युटका अध्यक्ष डा कोइरालालाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा डा। उपाध्यायले नेपालका बालबालिकाहरूको उपचारमा सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई धन्यवाद दिएका थिए । उनले आफूले उपलब्ध गराएको सहयोग रकम समेतबाट निर्माण सम्पन्न भई बालबालिकाले उपचार सेवा प्राप्त गर्ने कुरामा विश्वास व्यक्त गरे । इन्स्टिच्युटका अध्यक्ष डा कोइरालाले गरेको यो महत्वपूर्ण आर्थिक सहयोगले अस्पताल निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सहयोग पुग्ने बताए । उनले सहयोग रकमको सही सदुपयोग गरिने प्रतिवद्धता पनि व्यक्त गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण