नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन : सेप्टेम्बर महिनालाई ब्लड क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । सोही अवसर पारेर नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले एक दिने रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
अस्पतालको हेमाटोलोजी युनिटको नेतृत्वमा उक्त रक्तदान कार्यक्रम भएको हो । सो कार्यक्रममा अस्पतालका कर्मचारी, बिरामीका आफन्त तथा स्थानीयले रक्तदान गरेका थिए ।
रक्त क्यान्सरका बिरामीका लागि नभइ नहुने रगत दान गरेका व्यक्तिहरुलाई अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले धन्यवादसहित प्रमाणपत्र प्रदान गरेकी थिइन ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?