राष्ट्रपति पौडेलद्वारा १० वरिष्ठ महिला चिकित्सक सम्मानित
हेल्थ टिभी अनलाइन : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुराएका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन्। नेपाल चिकित्सक संघद्धारा आयोजित ‘वुमेन इन मेडिसिन इन नेपाल २०२४’ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले महिला चिकित्सकहरूलाई विशेष गरेका हुन्।
यसरी सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्न्तर्गत डा रीता गुरूङ, डा शान्तकुमारी सापकोटा, डा हीरा तुलाधर, डा गीता सायमी र डा कल्पना सुवेदी उपाध्याय रहेका छन्। वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत डा सुनिता आचार्य, डा सुधा खकुरेल, डा बिमला लाखे, डा मालती त्रिपाठी र डा अम्बिका श्रेष्ठ रहेका छन्। उनीहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गरेका हुन्।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड