एशिया प्यासिफिक फेमिनिस्ट फोरम थाइल्यान्डमा सुरु, प्रजनन अधिकारदेखि अपांगतासम्मका मुद्धामा छलफल
हेल्थ टिभी अनलाइन /थाइल्यान्ड : चौंथो एशिया प्यासिफिक फेमिनिस्ट फोरम थाइल्यान्डको चियागंमाइमा आजदेखि सुरु भएको छ ।
महिला अधिकारका विभिन्न मुद्धामा काम गर्ने संस्था एशिया प्यासिफिक फोरम अन वुमन, ल एण्ड डेभलपमेन्ट (एपीडब्लुएलडी) को मुख्य आयोजनामा भएको ३ दिने सम्मेलनमा नेपाल लगायत २३ देशका ५ सय बढी महिला अधिकारकर्मी, अनुसन्धानकर्ता, सामाजिक अभियन्ता, मिडियाकर्मीको सहभागिता रहेको छ ।
एशिया प्यासिफिकका महिलाका विषयमा साझा रुपमा छलफल गर्दै एक अर्काको समस्या बुझ्न तथा समाधानका उपायहरुबारे निचोड निकाल्न सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएका छन्।
तीन दिने सम्मेलनमा महिलाको प्रजनन अधिकारदेखि आर्थिक, सामाजिक, राजिनैतिक तथा सम्पूर्ण मानव अधिकारका विषयमा छलफल हुनेछ । त्यसका लागि विभिन्न भिन्न भिन्न सानो सानो समूहमा समानान्तर वर्कशपहरुको आयोजना गरिएको छ । महिलाको मुद्धामा एपीडब्लुएलडीले गरेको यो सम्मेलन चौंथो हो भने यस अघिका सम्मेलनमा उठेका मुद्धाको बारेमा कत्तिको छलफल र समाधान भयो भन्ने विषयमा पनि यसपटक कुरा गरिने आयोजकले जनाएका छन्। महिला अधिकारको क्षेत्रमा ‘हामी कहाँ छौं र कहाँ हुनुपर्छ’ भन्ने थिमको सेरोफेरोमा तीन दिने सम्मेलन केन्द्रित हुनेछ ।






व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य