Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एन्टीमाइक्रोबियल रेसिस्टेन्सकाे हाइ लेबल मिटिङबारे ग्लोबल मिडिया ब्रिफिङ

एन्टीमाइक्रोबियल रेसिस्टेन्सकाे हाइ लेबल मिटिङबारे ग्लोबल मिडिया ब्रिफिङ

हेल्थ टिभी अनलाइन : एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी हाइ लेबल मिटिङबारे मिडिया ब्रिफिङ हुने भएको छ । ग्लोबल एएमआर मिडिया अलायन्सको मुख्य आयोजनामा यही सेप्टेम्बर ११ मा भर्चुअल माध्यमबाट उक्त मिडिया ब्रिफिङ हुन लागेको हो ।

यही सेप्टेम्बरको २६ तारिखमा अमेरिकाको न्यूयोर्कमा विश्वभरिका नेताहरू उपस्थित हुने संयुक्त राष्ट्रसङ्घको महासभामा यस वर्ष एन्टीमाइक्रोबियल रेसिस्टेन्सको उच्च स्तरीय बैठक हुँदैछ । जसमा प्रत्येक देशमा प्रमुखहरु सहभागी हुनेछन् । जनस्वास्थ्यको प्रमुख चुनौतीका रुपमा देखा पर्न थालेको एएमआर यो वर्षको ७९ औं महासभामा छलफल हुने प्रमुख विषयवस्तु बनेको छ । उक्त बैठकको पूर्व सन्ध्यामा एएमआर विज्ञहरुसँग महासभामा के कस्ता विषयमा छलफल हुँदैछ , के कुरा उठान गर्न जरुरी छ र कुन कुन क्षेत्रमा समस्या छ र समाधान कसरी गर्न सकिन्छ भन्ने जानकारी लिन र सो कुरा सम्बन्धित निकायसम्म पुगोस भन्ने उद्धेस्यले मिडिया छलफल गर्न लागिएको हो । जसमा धेरै देशका पत्रकार, विज्ञ, तथा एएमआर अभियन्ताहरु सहभागी हुनेछन् ।

उक्त हाइ लेबल मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य संगठन, फुड एण्ड एग्रीकल्चर अर्गनाइजेशन युनाइटेड नेसन्स, (फएओ), युनाइटेड नेसन्स एन्भारामेन्ट प्रोग्राम लगायतका विज्ञहरुले आफनो प्रस्तुती दिनेछन् । साथै एएमआर सर्भाइभरले पनि आफनो अनुभव साट्नेछन ।

एन्टीमाइक्रोबियल रेसिस्टेन्स यस्तो समस्या हो जहाँ एन्टीबायोटिकको बढी, तथा कम प्रयोग तथा जथाभावी र गलत प्रयोगका कारण एक समय एन्टीबायोटिकले कामै गर्न छोडेर समस्या पैदा गर्ने मात्र होइन, रोग जटिल बनाएर मृत्युको मुखसम्म पुराउने गर्छ । सोही अवस्थालाई एन्टीमाइक्रोबियल रेसिस्टेन्स भनिन्छ । विश्व स्वास्थ्य संगठनले यो समस्यालाई अहिले विश्वको १० प्रमुख जनस्वास्थ्य समस्यामा राखेको छ ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार