कानून मिच्दै सुर्य नेपाल, ऐन विपरित साहित्य सम्मेलनको प्रायोजन
एक्सन नेपालको ध्यानाकर्षण
हेल्थ टिभी अनलाइन : नेपालको सुर्तीजन्य पदार्थ सम्बन्धी कानून विपरित सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योग सुर्य नेपालले साहित्य सम्मेलनको प्रायोजन गरेकोमा एक्सन नेपालले आपत्ति जनाएको छ । नेपालमा सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्धन तथा प्रायोजनमा पूर्ण रुपमा बन्देज लगाइएकोमा यस विपरित सम्मेलनको मुख्य प्रायोजक नै सुर्ती उद्योग भएको भन्दै सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा सक्रिय संस्था एक्सन नेपालले आपत्ति जनाएको हो । यही भदौ २२ र २३ गते काठमाडौंमा हुन लागेको कालिंगा लिटरेरी फेस्टिबलमा सुर्य नेपाल मुख्य प्रायोजक रहेको छ जसमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु मुख्य वक्ता रहेका छन् । यसअघि पोखरामा भएको साहित्य सम्मेलनमा पनि सुर्य नेपालले प्रायोजन गरेकोमा निकै विरोध भएको थियो ।
एक्सन नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ , ‘हजारौं मानिसको ज्यान बचाउने उद्धेस्यले ल्याइएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानून कार्यान्वयनमा सरकार कमजोर देखिएको छ । यसका कारण धेरैको ज्यान लिने उद्योगहरुलाई आफना गतिविधीलाई सक्रिय बनाउन सहज भएको छ । काठमाडौंमा हुन लागेको कालिंगा लिटरेरी फेस्टिबललाई सुर्य नेपालको प्रायोजकत्व त्यही आफनो वैधानिकतालाई छाप लगाउने रणनितीले प्रेरित रहेको कुरामा दुई मत छैन । सुर्तीजन्य उत्पादकको ब्यानर मुनि बसेर, बसाएर साहित्यका बहुआयामिक विषयमा छलफल गर्नु र गराउनु विडम्बनापूर्ण छ । साहित्यलाई काठमाडौं कालिंगा लिटरेरी फेस्टिबलका आयोजकले जनस्वास्थ्यलाई गम्भीर हानी पुराउने सुर्तीजन्य पदार्थ उत्पादक सामु घुँडा टेकाएका छन् ।’
यसैगरी सार्वजनिक निकायका व्यक्तित्व, लेखक, साहित्यकार, पत्रकार सबैलाई यस्तो गैर कानुनी रुपमा आयोजना भएको कार्यक्रममा सहभागी नहुन एक्सन नेपालले सबैलाई आग्रह गर्दै सरकारकाे ध्यानाकर्षण गराएको छ ।
स्मरण रहोस, नेपालमा सुर्तीजन्य पदार्थको सेवनकै कारण वर्षेनी ३७ हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाइरहेका छन् । सुर्तीजन्य पदार्थको घातक तथा अनैतिक प्रकृतिका कारण यसका उत्पादकलाई विश्वभर अपराधी उद्योग भन्ने गरिन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य