बिदाको दिनमा पनि ओपीडी सेवा देउ भन्नु अव्यवहारिक : नेपाल चिकित्सक संघ
हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघले बिदाका दिनमा पनि ओपीडी (बहिरंग) सेवा देउ भन्नु अव्यहारिक तथा अवैज्ञानिक रहेको भन्दै आपत्ति जनाएको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो निर्णय मानवताको दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक रहेको बताएको हो ।
वर्षौदेखि सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्या नथपिएर जनशक्ति कम भएका बेला फेरि थप काम गर्नुपर्छ भनेर निर्णय गर्नु गलत भएको संघको भनाई छ । अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि हप्ताको ४० घण्टा तोकेको भएपनि चिकित्सक, स्वास्थ्यकर्मीले त्यो भन्दा बढी काम गर्न बाध्य भइरहेको पनि संघले जनाएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, बिदाका दिनमा काम गर्नुपर्दा स्वास्थ्यकर्मी तनावमा हुने, राम्रोसँग काम गर्न नसक्ने, उनीहरुमा मानसिक समस्या हुने जस्ता समस्या हुनसक्छ । कामको अध्याधिक तनावका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिवारिक जीवनमा समेत गम्भीर असर परिरहेको, वैवाहिक जीवनमा समस्या भई डिभोर्स सम्म हुने गरेका घटना देखिएको चिकित्सक संघले सचेत गराएको छ । बिदाका दिनमा समेत आराम गर्न नपाई काम लगाउँदा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि ठूलो अन्याय हुने संघले विज्ञप्तिमा उल्लेख गर्दै यो निर्णय सच्याउन आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?