बाँकेको नरैनापुरमा झाडापखालाबाट एकै गाउँका चार जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : बाँकेको नरैनापुरमा झाडापखाला लागेका एकै गाउँका ४ जनाको मृत्यु भएको छ ।
नरैनापुर गाउँपालिकाको गेगली गाउँमा फैलिएको झाडापखालाबाट १० जना बिरामी परेकामध्ये ४ जनाको मृत्यु भएको हो । सात जनाको भने उपचार भइरहेको बताइएको छ ।
नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्रले झाडापखालाबाट गेगलीका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए। भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए। उनले आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको बताए ।
झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समन्वय भएको बताइएको छ ।
रासस





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?