हेल्थ समिट गर्दै स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ समिट गर्ने भएको छ । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको पहिचान तथा समाधानका उपाय निकाली सुधारका लागि मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली स्वास्थ्य विज्ञहरुको सहभागिता गराई नेपाल हेल्थ समिट आयोजना गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यससम्बन्धी निर्णय गरेका हुन् । यसका लागि ९ सदस्यीय कार्यदल समेत गठन भइसकेको छ ।
कार्यदलको सुझावका आधारमा मन्त्रालयले समिट कहिले, कहा, कुन मितिमा गर्ने र कस्तो किसिमले गर्ने भन्नेबारेमा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?