सीएमएएओको अध्यक्षमा डा अनिल विक्रम कार्की
हेल्थ टिभी अनलाइन : कन्फेडेरेसन् अफ मेडिकल एसोसिएशन इन एशिया एण्ड ओसिआनिया (सीएमएए) को अध्यक्ष पदमा नेपालबाट नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा अनिल विक्रम कार्की निर्वाचित भएका छन्।
एशिया तथा मध्य र दक्षिणी प्रशान्त महासागर क्षेत्रका चिकित्सकहरुको छाता संस्था ‘सीएमएएओ’को फिलिपिन्सको मनिलामा सम्पन्न ३८ औं साधारण सभा तथा ५९ औं परिषद बैठकले नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा कार्कीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा निर्वाचित डा कार्कीले सन् २०२५ देखि २०२६ सम्म एक वर्षको लागि ‘सीएमएएओ’को नेतृत्व गर्ने छन् ।
‘सीएमएएओ’मा नेपाल मेडिकल एसोसिएशन सहित अस्ट्रेलिया, हङ्गकङ्ग, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, ताइवान र थाइल्याण्ड मेडिकल एसोसिएसन सहित १२ वटा मेडिकल एसोसिएशन आवद्ध छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?