वात्सल्यको नयाँ क्लिनिक मेडिसिटीमा
हेल्थ टिभी अनलाइन : वात्सल्य नेचुरल आइभीएफले ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा आफनो नयाँ क्लिनिक खोलेको छ । आफनो ८ औं वार्षिकोत्सवको अवसर पारेर वात्सल्यले नयाँ क्लिनिक खोलेको हो ।
सोमबार क्लिनिकको उद्घाटन गर्दै मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले बच्चाको चाहना भएर पनि प्राकृतिक रुपमा हुन नसक्ने दम्पत्तीको लागि वात्सल्यको सेवा वरदान सावित हुने बताए । उनले बच्चा नहुनुको पीडा ती दम्पत्तीलाई मात्र थाहा हुने भन्दै वात्सल्यले सन्तान नहुनेका लागि ठूलो सेवामुखी काम गरिरहेको भन्दै यो कार्यमा आफू पनि जोडिन पाउँदा खुशी लागेको बताए ।
वात्सल्यले वार्षिकोत्सवकै अवसर पारेर आफनो क्लिनिकको रिब्रान्डीङ गर्दै नयाँ कलर तथा नयाँ विषयवस्तु र नयाँ नारा ‘नयाँ आशा, नयाँ जीवन’ अघि सारेको छ ।
वात्सल्य समूहले नक्साल, भक्तपुर, नेपालगंज, चितवन, बुटवलमा यसअघि नै शाखा क्लिनिक खोलिसकेको छ भने पोखरा र विराटनगरमा चाँडै नै नयाँ क्लिनिक खोल्ने तयारीमा रहेको जनाएको छ । वात्सल्यले विगत ८ वर्षमा ५ हजार जोडीलाई सन्तान प्राप्तिको सुख दिन सकेको पनि जनाएको छ ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?