Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एक्सप्लोर हेल्थकेयरका अध्यक्ष पाण्डेलाई स्वीडेनमा ‘वर्ल्ड पिस एम्बेसडर अवार्ड’

एक्सप्लोर हेल्थकेयरका अध्यक्ष पाण्डेलाई स्वीडेनमा ‘वर्ल्ड पिस एम्बेसडर अवार्ड’

हेल्थ टिभी अनलाइन : व्यवसायी तथा एक्सप्लोर हेल्थकेयरका अध्यक्ष कृष्ण पाण्डेलाई यस वर्षको वर्ल्ड पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ । स्वीडेनको राजधानी स्टकहोममा आयोजित वर्ल्ड पिस अवार्ड २०२४ को विशेष समारोहकाबीच पाण्डेलाई नेपालका तर्फबाट उक्त अवार्ड प्रदान गरिएको हो ।

विश्वभरबाट विभिन्न विधामा रही विश्व शान्ति, समाज सेवा तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तिहरुलाई प्रतिष्पर्धाका आधारमा उक्त अवार्ड प्रदान गर्ने गरिन्छ ।

यस वर्षको प्रतिस्पर्धामा अमेरिका, स्वीडेन, मंगोलिया, भारत, नेपाल, जर्मनी, फ्रान्स, जोर्डन, युके र मलेसिया गरि ११ जना सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएकोमा नेपालबाट पाण्डे छानिएका हुन् ।

पाण्डे युनाईटेड ईकोनोमिक फोरम, एक्सप्लोर प्रोडक्टिव चेम्बर अफ कमर्स, एक्सप्लोर हेल्थकेयर प्रालि, भेगानो डेली, तथा इपिसिसि ग्लोबल लिमिटेडका सस्थापक अध्यक्ष हुन् । पाण्डेले नेपालमै बसेर विश्वका विभिन्न स्थानबाट आफनो व्यवसाय मार्फत धेरैलाई रोजगारी मात्र दिएका छैनन् समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका छन् । उनले आफूलाई योग्य ठानेर आयोजकले वर्ल्ड पिस एम्बेसडर अवार्ड दिएकोमा खुशी हुँदै भने, ‘यो नेपालका लागि पनि गौरवको विषय हो । यसले आफूलाई अझ बढी विश्व शान्ति र समाज सेवामा लाग्न प्रेरित गरेको पनि प्रतिक्रिया दिए ।’

वर्ल्ड पिस अवार्डको आयोजना स्टकहोम वर्ल्ड पिस स्वीडेन, वर्ल्ड पिस फाउन्डेसन तथा यस मातहतका विभिन्न देशमा रहेका वर्ल्ड पिस सस्थांहरुले गरेका हुन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार