आँबुखैरेनी बस दुर्घटनाका १५ जना घाइतेको टिचिङ अस्पतालमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन : तनहुँको आँबुखैरेनी गाउँपालिका २ मा भएको बस दुर्घटनाका गम्भीर घाइते १५ जनालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।
उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो। उनीहरुलाई इमरजेन्सी वार्डमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए।
शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनामा १५ जनाको अचेत र १४ जनाको घाइते अवस्थामा उद्धार गरिएको थियो।
बसमा ४३ जना यात्रु रहेको पुष्टि भएको छ। दुर्घटनामा फेला नपरेका यात्रुहरूको खोजि जारी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?