देशभरका ७४ जिल्लामा फैलियो डेंगु
हेल्थ टिभी अनलाइन : लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण देशका ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार डेंगुका बिरामी ७४ जिल्लामा देखिएका छन् । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ।
सन् २०२४ को जनवरी देखि हालसम्म ३ हजार ७ सय ५५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको पनि महाशाखाले जनाएको छ । यीमध्ये प्रदेश अनुसार गण्डकीमा १ हजार ४ सय ४८, बागमतीमा ९ सय २८ कोशीमा ६ सय ३९, लुम्बिनीमा ३ सय २८, सुदूरपश्चिममा २ सय ९५, मधेसमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । तनहुँ जिल्लामा सबैभन्दा धेरै ७ सय १५ जना सबैभन्दा बढी संख्यामा डेंगु संक्रमितको संख्या रहेको छ । त्यसै गरी काठमाडौंमा ३ सय ५४, कास्कीमा २ सय ७४, झापामा १ सय ४७, चितवनमा १ सय ४५, पर्वतमा १ सय ३६, मकानपुरमा ९० र गोरखामा सबैभन्दा कम ८५ जना डेंगु संक्रमित बिरामी प्रमाणित भएका छन् ।
सन् २०२३ मा ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो । नेपालमा २००६ र २०१० मा डेंगुले प्रकोपकै रूप लिएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?