जन्मेको एक घण्टाभित्रै शिशुलाई स्तनपान गराउन आवश्यक
हेल्थ टिभी अनलाइन : अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । स्तनपानका फाइदाकाबारेमा सबैलाई जानकारी दिने उद्धेस्यले विश्वभर यो दिवस मनाउने गरिन्छ ।
स्तनपान शिशुका लागि अमृतसमान हो । तर पनि धेरै आमाहरुले विभिन्न कारणले आफनो बच्चालाई स्तनपान गराउन नसकिरहेको अवस्था छ । नेपालमा जम्मा ५६ प्रतिशत आमाले मात्र आफना शिशुलाई पूर्ण स्तनपान गराउने गरेको तथ्यांक छ । यसैगरी शिशुलाई जन्मेको एक घण्टाभित्रै आमाको बेगौती दूध ख्वाउनुपर्ने भए पनि नेपालमा जम्मा ५५ प्रतिशत आमाले मात्र एक घण्टाभित्र दूध ख्वाउने गरेको तथ्य छ ।
जबकी विगौती दूध एकदमै पोषिलो हुने तथा शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ को रुपमा पनि लिने गरिन्छ । यसले शिशुलाई धेरै रोगहरुबाट बचाउने विज्ञहरुको भनाई छ । स्तनपानले शिशुको शारीरिक र बौद्धिक विकासमा समेत मद्धत गर्ने बताउँछन् डा विवेक कुमार लाल ।
यसैगरी स्तनपान गराउने आमा र शिशुको बीचमा गहिरो भावनात्मक सम्बन्ध हुने पाइन्छ । ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाए पुग्छ । किनकी आमाको दुधमा ६ महिना सम्मका बच्चालाई आवश्यक पर्ने सम्पूर्ण पोष्टिक तत्वहरु पाइन्छ । त्यसपछि भने अन्य थप आहार दिनुपर्ने हुन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?